पोखरामा पर्यटकलाई राम्रो होटल मिलाईदिने भन्दै पैसाको बार्गेनिङ गर्ने ५ जना प्रकाउ

पाेखरा | बैशाख २४, २०८१

पोखरामा पर्यटकलाई राम्रो होटल मिलाईदिने भन्दै पैसाको बार्गेनिङ गर्ने ५ जना प्रकाउ

पोखरा:      पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरुलाई दुःख हैरानी दिने ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका–५ जिरो किमी, लेकसाइड,हल्लनचोक क्षेत्रमा  सर्वसाधारण तथा पर्यटकहरुलाई दुःख हैरानी दिएको भन्दै प्रहरीले हिजो (शनिबार) प्रकाउ गरेको छ । 


सर्वसाधरण नागरिक तथा पर्यटकहरु सवारी साधनबाट ओरल्ने स्थानबाट बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भन्दै झोलाहरु तान्ने पैसाको बार्गेनिङ गर्दै अनावश्यक दुःख हैरानी दिएको आरोपमा ५ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–६ डिहिकोपाटन बस्ने २६वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्ग बस्ने २५ वर्षीय मिनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरेचोक बस्ने शुसान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारी छन् । 


प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्